मुख्यमन्त्रीदेखि पालिका प्रमुखसम्मलाई किराँत राई यायोख्खाले गर्यो सम्मान

मुख्यमन्त्रीदेखि पालिका प्रमुखसम्मलाई किराँत राई यायोख्खाले गर्यो सम्मान

विराटनगर, २९ माघ ।
किरात राई यायोख्खा मोरङले प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईसहित राई जातिका प्रदेश सांसद र पालिका प्रमुखलाई सम्मान गरेको छ ।
मोरङको पथरीशनिश्चरेमा यायोख्खाको छैठौं जिल्ला अधिवेशनका अवसरमा मुख्यमन्त्री राईसहितलाई जातिय साँस्कृतिक पहिचान प्रवद्र्धन सहितको समानतापूर्वकको समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह हुने भरोसाका साथ सम्मानपत्र र फेटाले सम्मानित गरिएको उल्लेख छ । सम्मानित हुनेमा, प्रदेश सांसद कृष्णकुमारी राई, सुयर्माराज राई, संविधानसभा सदस्य चण्डीप्रसाद राईका साथै पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राई, लेटाङ नगर प्रमुख शंकर राई रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्