मुख्यमन्त्रीले राईले भने ‘हरित अग्र्यानिक प्रदेश बनाउने अवधारणा तयार हुँदैछ’

मुख्यमन्त्रीले राईले भने ‘हरित अग्र्यानिक प्रदेश बनाउने अवधारणा तयार हुँदैछ’

विराटनगर, २९ माघ ।
प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले कृषि, पर्यावरण सहितको व्यवस्थापन गर्दै हरित अग्र्यानिक प्रदेश बनाउने अवधारणा तयार हुँदै गएको बताएका छन् ।

मोरङको पथरीशनिश्चरे २ स्थित उचित जैविक उद्योगको उद्घाटनका क्रममा मुख्यमन्त्री राईले अबको ३ महिनाभित्र हरित अभियानको अवधारणा तथा कार्यविधि तयार गर्ने समेत जानकारी गराए । काठमाडौं बाहिर यसखाले नयाँ र कृषि क्षेत्रका लागि आवश्यक उद्योग स्थापना भएकोमा खुसी व्यक्त गर्दै अवको आर्थिक वर्षमा सो उद्योगलाई प्रदेशकै उद्योग बनाएर बजेट विनियोजन गर्ने समेत उनले प्रतिबद्धता जनाए ।
पथरीशनिश्चरे २ नम्बर वडाको उत्साही साना किसान कृषि सहकारी संस्थाको संयोजनमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १० संस्थाको ६३ लाख गरी साढे २ करोड लगानीमा सो उद्योग स्थापना भएको हो । प्रतिघण्टा १ टन मल उत्पादनको क्षमता रहेको उद्योगका सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्