सुनसरीमा खाल्डोमा डुबेर १८ महिने बालिकको मृत्यु

सुनसरीमा खाल्डोमा डुबेर १८ महिने बालिकको मृत्यु

सुनसरी, २९ माघ । सुनसरीको ईनरुवा नगरपालिका-३ कंशमोडामा पानीको खाल्डोमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ । पानी जमेको खाल्डोमा डुबेर सोही स्थान बस्ने रामदेव मेहेताको १८ महिनाको छोरी कृति मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै खेल्ने क्रममा कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको आफन्तले थाहा पाएका थिए ।   बालिकाको शव परिक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्