सुनसरीकाे ईटहरीमा छुरा प्रहारबाट महिलाकाे हत्या

सुनसरीकाे ईटहरीमा छुरा प्रहारबाट महिलाकाे हत्या

सुनसरी, २९ माघ। सुनसरीको ईटहरी उप-महानगरपालिका-४ माङहिङ टोलमा सोमवार साँझ छुरा प्रहारवाट एक महिलाको हत्या भएकाे छ ।   छुरा प्रहारबाट सोही स्थान बस्ने दिलु लिम्बुको घरमा डेरा गरी बस्ने वर्ष ३२ की सोनिया राईको हत्या भएकाे हाे । सोलुखुम्बु देउसा-५ घर भई  ईटहरीमै मजदुरी गर्दै आईरहेका बर्ष ३६ को लाल बहादुर राईले छुरा प्रहार गरी हत्या गरेकाे  ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएकाे छ ।   प्रहरीले घटना बारेमा अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्