सुनसरीमा ट्याक्टर मुनी कार छिर्याे, एकै परिवारका ६ जना घाइते

<span class='c1'>सुनसरीमा ट्याक्टर मुनी कार छिर्याे, </span> <span class='c2'>एकै परिवारका ६ जना घाइते</span>

 सुनसरी, २९माघ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका-१ मा  सडक दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

राती सवा ११ बजे रोकेर राखेको को. १ त. ६१२६ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बा १७ च. १४२  नम्बरको कार पछाडीबाट छिरेको थियो ।  दुर्घटनामा कारमा सवार काठमाण्डौ जोरपाटी बस्ने बर्ष ६५ को पिताम्वर खतिवडा (गम्भीर), निजको श्रीमती बर्ष ५९ कि मीना खतिवडा (गम्भिर),  कार चालक निजको छोरा बर्ष ४० को निर्मल खतिवडा, बुहारी बर्ष ३० की  सृजना खतिवडा, नाती बर्ष १० को निश्चल खतिवडा र १६ महिनाको नाती निर्भार खतिवडा सामान्य घाइते भएका हुन् । दुर्घटनामा घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा थप उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल ल्याईएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार, ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्