बैँकको ब्याजदर घटाउने बारेमा बिराटनगरमा उद्योगी र राष्ट्रबैक बिच वार्ता शुरु

बैँकको ब्याजदर घटाउने बारेमा बिराटनगरमा उद्योगी र राष्ट्रबैक बिच वार्ता शुरु

विराटनगर, २९ माघ ।
बैंकले बढाएको ब्याजदरको बिषयलाई लिए आन्दोलनमा उत्रिएका बिराटनगरका उद्योगी ब्यापारीसँग बिराटनगरमा वार्ता शुरु भएको छ। एक नम्बर प्रदेश सरकारको अगुवाईमा उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघ बिच वार्ता शुरु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका स्वकिय सचिव रवी खनालले वार्तामा प्रदेश सरकारका मन्त्री कार्की सहित नेपाल राष्ट्रबैकका वरिष्ठ डिपुटी गर्भनर चिन्तामणी सिवाकोटी वार्तामा रहेको जानकारी दिए ।
आन्दोलरत उद्योग संगठन मोरङ र मोरङ ब्यापर संघको आन्दोलनलाई वार्ताले सम्बोधन गर्ने बारेमा प्रयास भईरहेको छ । विराटनगरका ब्यापारीले बैकहरुले चर्को ब्याजदर लगाएको भन्दै त्यसको बिरोधमा आन्दोलन शुरु गरेका थिए । त्यस लगतै देशका धेरै ठाउँमा ब्यपारी ब्याजदरको बिरोधमा आन्दोलनमा थिए ।
यस अघि भएको छलफलमा माघ मसान्तसम्ममा माग सम्बोधन गर्ने प्रदेश सरकारले आश्वास दिएपछि आन्दोलनका कार्यक्रम स्थगन गरेका ब्यापारीले भोलीदेखि फेरी आन्दोलन चर्काउने तयारी गरेका थिए । मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार साडाले अहिले सरकारले मागलाई वेवास्ता गरे राष्ट्रबैंकमा तालाबन्दी गर्ने समेत चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्