प्रदेश १ सरकारद्वारा मुख्यमन्त्री ग्रामीण सडक आयोजना कार्यविधि स्वीकृत

प्रदेश १ सरकारद्वारा मुख्यमन्त्री ग्रामीण सडक आयोजना कार्यविधि स्वीकृत

विराटनगर, २९ माघ ।

प्रदेश १ मन्त्री परिषदको बैठकले बिभिन्न ५ वटा निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री ग्रामीण सडक आयोजना(सञ्चालन) कार्यविधि २०७५ स्वीकृत गरेको छ । त्यस्तै सार्वजनिक निजि साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७५ मस्यौदा तर्जुमाको सैद्धान्तिक स्वीकृत प्रदान गरेको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेश सरकारको एक बर्षको अबिधमा भए गरेका उपलब्धि सार्बजनिक गर्ने कार्यक्रम समेत सार्बजनिक भएको छ ।

फागुन २ गते प्रदेश सरकारको एक बर्ष पुरा गरेको अबसरमा प्रदेश सरकारको एक वर्षे उपलब्धिको सार्वजनिकनिजीकरण तथा जलपान कार्यक्रम गर्न स्वीकृत प्रदान गरेको हो । मंगलवार साँझ बसेको मन्त्री परिषदको बैठकले जनता आवास कार्यन्वयन कार्याबिधि स्वीकृत प्रदान गरेको मन्त्री आङ्बोले जानकारी दिए । त्यस्तै भारतको एक अन्तराष्ट्रिय विश्व बिद्यालयको निमन्त्रणामा भारत भ्रमणको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वीकृत प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने स्वीकृत प्रदान गरेको छ । प्रदेशमा शुरु हुन लागेको प्रदेशको प्राबिधिक विश्व बिद्यालयमा अध्ययन गर्ने समेत टोलीले स्वीकृत प्राप्त गर्ने छ ।
संघीय सरकारले हस्तान्तरण गरेका १४ जिल्लामा रहेका जिल्ला जनस्वास्थ्य कार्यालयहरुको प्रदेश सरकारले स्वामित्व ग्रहण गर्ने समेत निर्णय मन्त्री परिषदको बैठकले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्