नाम र राजधानीका लागि प्रदेश सभा नियमावली संसोधन गर्न समिती गठन, काे काे छन् सदस्य

नाम र राजधानीका लागि  प्रदेश सभा नियमावली संसोधन गर्न समिती गठन, काे काे छन् सदस्य

विराटनगर, २९ माघ ।
प्रदेशको नाम र राजधानी प्रदेश सभामा प्रवेश गराउन प्रदेश सभा संचालन नियमावली संशोधनको लागि समिति बनाईएको छ । प्रदेशको नाम र राजधानीको बिषय लामो समयसम्म अल्भिएको अबस्थामा प्रदेश सभामा प्रबेश गराउनको लागि प्रदेश सभा संचालन नियमावली संशोधन गर्न लागिएको हो ।

प्रदेश सभाको तेश्रो अधिबेशनको पाँचौ बैठकमा प्रदेश सभा नियमावली २०७४को नियम २०२ (३) बमोजिम नियमावली संशोधन मस्यौदा समिति गठन भएको हो । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्ताव गरेको समितिलाई कांग्रेसका सांसद शिवनारायण गन्गाईले समर्थन गरेका थिए ।
बैठकले मस्यौदा संसोधन समिति सर्वसम्मतले गठन गरेको छ । समितिले नियमावली संसोधन गरि प्रदेश सभामा प्रदेशको नाम र राजधानि तोक्ने विषयलाई प्रवेश गराउने बाटो खोल्ने छ । नियमावली संशोधन मस्यौदा समितिमा तुलसी प्रसाद न्यौपाने, कुसुम श्रेष्ठ, लक्ष्मण तीवारी, लीला सुब्बा, केदार कार्की, जयराम यादव र राजकुमार ओझा रहेका छन् ।
समितिलाई प्रतिवेद पेश गर्न १५ दिनको समय दिइएको छ । प्रतिवेदन पेश गरेपछि समिति स्वत खारेज हुने सभामुख प्रदिपकुमार भण्डारीले सदनलाई जानकारी गराएका थिए ।
समितिले नियमावलीको मस्यौदा सहित सदनलाई बुझाएपछि प्रदेश सभा संचालन नियमावली संशोधन हुने त्यसैको आधारमा नियमावलीका उल्लेख भए अनुसारको निर्धारित समयसिमा भित्र प्रदेशको नाम र स्थायी राजधानीको बिषय टुङ्गीने आशा गरिएको छ ।
प्रदेश सभामा सरकारको जवाफ
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संघीय सरकारबाट मर्यादाको बिषयलाई लिएर पटक पटक भएको हेरफेरले एउटालाई सम्मान र अर्कोलाई मानमर्दन गरेको बताएका छन् । पछिल्लो पटक सार्बजनि भएको मर्यादा क्रमले पनि सबैलाई असन्तुष्ट बनाएकोले सच्याइएको मर्यादाक्रममा पनि त्रुटि भएको बताए । सदनमा सांसदहरुले मर्यादाको सवालमा उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्री कार्कीले मंगलबारको बैठकमा जवाफ दिँदै मर्यादा क्रम सचिए पनि त्रुटि कायमै रहेको बताए । मर्यादाको कुरा संघीय सरकारसँग जोडिएकोले प्रदेशले केही गर्न नसक्ने भएपनि संघले यस बिषयलाई गम्भीर रुपमा लिनु पर्ने बताए । ‘संघको कार्यक्षेत्र भित्र रहेकोले यसलाई सही ढंगले मर्यादा तोकिनु पर्छ, मन्त्री कार्कीले भने, कसैलाई पनि मान मर्दन गरिनु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्