विराटनगरमा फुड फेस्टाको अन्तिम तयारी, भ्यालेटाईन डेको दिन उद्घाटन हुने

विराटनगरमा फुड फेस्टाको अन्तिम तयारी, भ्यालेटाईन डेको दिन उद्घाटन हुने

विराटनगर, २९ माघ । विराटनगरमा हरेक दिवस बिशेष कार्यक्रमहरु भईरहेका हुन्छन् । यसपटकको भ्यालेटाईन डे अर्थात प्रेम दिवसको दिनदेखि बिविध सँस्कृतिक कार्यक्रम सहितको तीन दिने जातिय पहिचान सहितको फुड फेस्टा हुने भएको हो ।
विराटनगरमा साँगितिक माहोलसँगै ३ दिने विभिन्न जातिय परिकारका खाना महोत्सव हुदैछ । विराटनगरको नमस्कार होटलमा भ्यालेटाईन डेको दिनदेखि ३ दिनसम्म खाना महोत्सवको अन्तिम तयारी भएको छ ।
विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा फागुन २ गतेदेखी ४ गतेसम्म ‘विराट फुड फेस्टा’ तयारी तिब्र पारिएको हो । यसको लागि ब्यवस्थापनको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।
विभिन्न जातिका आफ्ना स्थानीय खाना सहितको २५ स्टल राखिने भाजु युवराज फाउन्डेसनका युनेशराज श्रेष्ठले जानकारी दिए । फुड फेस्टामा नेवारी, माडवाडी, मगर, राई, लिम्बु, थारु, राजवंशी, मुस्लिम लगायत अन्य जातिको परिकारको रहने छ ।
साथै फुड फेस्टामा बालबालिकाको मनोरञ्जनका लागि किड्स जोन पनि हने जनाइएको छ । फुड फेस्टालाई थप मनोरन्जन प्रदान गर्न आयोजकले नेपालको चर्चित सांगीतिक व्याण्ड ‘कुटुम्व’ लगायत राष्ट्रिय कलाकार र स्थानीय कलाकारले मनोरञ्जन दिलाउने प्रयास गरेको छ । ‘कुटुम्व’ चर्चित सांगीतिक ब्याण्ड हो । विराटनगरमा ४ बर्षपछि दोस्रो पटक विराट फुड फेस्टा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्