१४ वर्षीय सचिन सिञ्जालीको घाँटी रेटेर हत्या

१४ वर्षीय सचिन सिञ्जालीको  घाँटी रेटेर हत्या

पोखरा, २९ माघ । पाल्पा रम्बापानी गाउँपालिका घर भएका १४ वर्षीय सचिन सिञ्जालीको सोमबार राति हत्या भएको छ । लेकसाइडस्थित निर्माणाधीन घरको भुइँ तलामा घाँटी रेटेर उनको हत्या भएको कास्कीका प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

प्रहरीले घटनामा संलग्नता रहेको आरोपमा पर्वतको जलजला मल्जाजका २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजालाई पक्राउ गरेको छ । उनीहरूबीच केटीका विषयमा विवाद हुँदा चक्कु हानाहान भएको खुलेको छ । सचिन पोेखरा शान्तिनगरमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्