नेपालले आज इरानसँग खेल्दै, जिते नेपालले फाइनल पुग्ने सम्भावना बलियो

नेपालले आज इरानसँग खेल्दै, जिते नेपालले फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं, १ फागुन ।  भारतको उडिसामा जारी  हिरो वुमन्स गोल्डकप फुटबलको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार इरानसँग खेल्दै छ। यो खेलमा जिते नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाउने छ।

दुई खेलपछि म्यानमारको ६ तथा भारत र नेपालको तीन तीन अंक छ। इरान अघिल्ला दुवै खेलमा पराजित भएको थियो। पछिल्लो खेलमा भारतविरुद्ध २-१ गोलले विजयी भएपछि नेपालको फाइनल पुग्ने सम्भावना देखिएको हो। बुधबार हुने अर्को खेलमा भारतले म्यानमारसँग खेल्ने छ। भारतले पहिलो खेलमा इरानलाई १-० गोलले हराएको थियो। म्यानमारले नेपालविरुद्ध ३-० गोलको जित निकालेको थियो। इरान अघिल्लो खेलमा म्यानमारसँग २-० गोलले पराजित भएको थियो।

म्यानमारविरुद्ध भारत पराजित भएको अवस्थामा नेपालले बराबरी खेल्दा पनि फाइनल पुग्ने छ। लिग चरणको शीर्ष दुई टोली फाइनल पुग्नेछन्।   आगामी महिना नेपालमा हुने साफ महिला च्याम्पियनसिप अघि भएको यो प्रतियोगितालाई महत्वपुर्ण मानिएको छ। नेपालले हालसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्