विराटनगरमा नेकपाले मनायो जनयुद्ध दिवस (फोटो फिचर सहित)

विराटनगरमा नेकपाले मनायो जनयुद्ध दिवस (फोटो फिचर सहित)

विराटनगर, १ फागुन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  आज जनयुद्ध दिवस मनाएकाे छ ।  नेकपा पार्टी कार्यालय विराटनगरमा एक कार्यक्रमकाे आयाेजना गरी जनयुद्ध दिवस मनाएकाे हाे ।  तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो। तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको थियो।  विराटनगरमा नेकपाले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै नेकपाका प्रदेश १ सह ईन्चार्ज साबित्रीकुमार काफ्लेले नेकपालाई कम्युनिष्ट केन्द्रको रुपमा स्थापित गराउने उदेश्य नेकपाको रहेको बताए । उनले दुई पार्टी एकिकरण भएरपनि केही जिम्मेवारीका कुराहरुमा समय लागेको स्वीकार गर्दै यो बिषयपनि चाँडै टुङ्गीने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, गोपी आछामी, गुरु बराल, त्यस्तै प्रतिनिधि सभा सदस्यहरु अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको सहभागीता थियो ।
दश बर्षे सशस्त्र जनयुद्धको स्मरणमा आयोजित कार्यक्रममा नेकपाका तल्लो तहका नेताहरुले तत्काल जिम्मेवारी बाँडफाँडको बिषय टुङ्ग्याउन माग गरेका छन् । लामो समयसम्म पनि एकिकरण भएर पनि पार्टीले गजति लिन नसकेको बताउँदै पार्टीका गतिबिधि पनि सुस्ताएको बताए । नेकपा मोरङको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रिय नेता देखि स्थानीय स्तरका कार्यकर्ता समेतको उपस्थिती थियो ।

तत्कालिन माओवादी जनयुद्ध दिवस मनाउने पक्षममा थिए भने तत्कालिन एमाले उक्त दिवस नमनाउने पक्षमा थियो। गत वर्ष दुई पार्टीबीच एकता भएको थिएन। तर, एमाले अध्यक्ष केपी शर्मा ‌ओली सहितका नेताहरुले पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेका थिए।

यसपटक पनि पूर्व माओवादीले जनयुद्ध दिवस मनाउन खोजेपछि नेकपा अमललिएको थियो। पूर्व एमाले नेताहरु जनयुद्ध दिवस मनाउने पक्षमा थिएनन्। तर पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच दिवस मनाउने सहमति भएको हो। तर जनयुद्धको अगाडि जनआन्दोलन शब्द राखेर दिवस मनाउने समझदारी बनेको थियाे । ।

[caption id="attachment_76930" align="alignnone" width="1024"] [/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्