पुलिसले सोधपुछको क्रममा दुई मिटर लामो सर्प अपराधीको घाँटीमा बेरिदिएपछि.

<span class='c1'>पुलिसले सोधपुछको क्रममा दुई मिटर</span> <span class='c2'>लामो सर्प अपराधीको घाँटीमा बेरिदिएपछि.</span>

एजेन्सी, १ फागुन । हामीले सुन्ने गरेका छौं, पुलिसले अपराधीबाट वास्तविकता ओकल्न चरम यातना दिने गर्छ । तर यहाँ एउटा यस्तो भिडियो भाइरल भएको छ जसले यातनाको सबै हद पार गरेको छ ।

इन्डोनेशियाको पपुवाअस्थित जायाविजाया जिल्लाका पुलिसले एक कथित चोरको घाँटीमा दुई मिटर लामो सर्प बेरेर सोधपुछ गरेका छन् । यो भिडियो सोसल मिडियामा भाइरल भएपछि पुलिसले माफी मागेको छ ।

इन्डोनेशियाका मानव अधिकारकर्मीले वेस्टर्न न्यू गिनीमा  सोधपुछका लागि सर्प प्रयोग गरेको घटनाको घोर विरोध गरेको छ । सोसल मिडियामा भाइरल भएका भिडियोमा नाङ्गो खुट्टा भएका, हात बाँधेका व्यक्तिलाई एक पुलिस अधिकारीले जिउँदो सर्प मुखमा तेर्साउँदै प्रश्न सोधिरहेको देख्न सकिन्छ । ती पुलिसले उक्त सर्प उनको मुखभित्र र पाइन्ट भित्र हालिदिने चेतावनी पनि दिइरहेका छन् । पछि, उक्त सर्प कथित मोबाइल चोरको घाँटीमा पनि बेरिदिएको देख्न सकिन्छ ।

‘तैंले कति पटक मोबाइल चोरेको छस् ?’ कथित चोरमाथि ती पुलिसले चिच्याएर सोधिरहेका छन् । यसको जवाफमा आत्तिएका ती व्यक्तिले भन्छन्, ‘दुई पटक मात्र ।’

स्थानीय पुलिस प्रमुख टोनी आनन्द स्वादयले यसबारे वक्तत्व जारी गर्दै सोधपुछमा सर्पको प्रयोग गरेकोमा माफी मागेका छन् । उनले मिडियाले उक्त घटनालाई अतिरञ्जित गरेको पनि आरोप लगाए । उनले सर्प विषालु नभएको र आरोपी खतरामा नभएको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्