पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा निरन्तर वृद्धि

पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा निरन्तर वृद्धि

काठमाडौँ, फागुन १ ।

पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा निरन्तर वृद्धि हुन थालेको छ । सन् २०१८ मा ११ लाखभन्दा बढी पर्यटक स्वागत गरेको नेपालका लागि आगमनका हिसाबले सन् २०१९ को पहिलो महिनामा सुखद रहेको छ । अध्यागमन विभागका अनुसार जनवरी महिनामा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०१८ को जनवरीमा भित्रिएका पर्यटकको तुलनामा २५.४ प्रतिशतले बढी हो । यसरी भित्रिएका कुल पर्यटकमध्ये ७७ हजार ३ सय पर्यटक हवाई मार्ग हुँदै भित्रिएका छन् भने १४ हजार ४ सय ९३ पर्यटक स्थलमार्ग हुँदै भित्रिएको विभागको तथ्याङ्क छ ।

सो अवधिमा सबैभन्दा धेरै भारत र चीनबाट पर्यटक नेपाल आएका छन् । तथ्याङ्क अनुसार जनवरीमा १४ हजार ६ सय ५० जना पर्यटक भारतबाट आएका छन् । जुन् अघिल्लो वर्षको सोही महिनाको तुलनामा २०.६ प्रतिशले बढी हो । चीनबाट १३ हजार ६ सय ८८ जना पर्यटक आएका छन् । यो ६९.८ प्रतिशतले बढी हो । थाइल्यान्डबाट ८ हजार ४ सय ४२ र ६ हजार ५ सय ५८ जना पर्यटक आएका छन् । यो सङ्ख्या क्रमशः ६९.८ र ८.४ प्रतिशतले बढी हो ।

बेलायतबाट ४ हजार १ सय ३०, जर्मनीबाट १ हजार ५ सय ४९ र फ्रान्सबाट १ हजार ३ सय ७५ पर्यटक भित्रिएको विभागले जनाएको छ । युरोपभरबाट नेपाल भित्रने पर्यटकको सङ्ख्या ११ हजार ९ सय ६६ पुगेको छ । यो अघिल्लो जनवरीको तुलनामा २० प्रतिशतले बढी हो । अमेरिकाबाट जनवरीमा ७ हजार २८ जना पर्यटक आएका छन् भने अष्टे«लियाबाट ३ हजार ५ सय २७ जना पर्यटक आएका छन् । यो अघिल्लो जनवरीको तुलनामा क्रमशः २८.१ र ३१.३ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्