काठमान्डौ फाल्गुन १ ,
वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्समा सरकार मख्ख परिर वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारीस्तरबाट प्रभावकारी पहल भएको छैन ।
अहिले दैनिक ३ वटाका दरले वैदेशिक रोजगारीमा गएका युवाको शव नेपाल ल्याउने गरिएको तथ्यांक छ । आर्थिक वर्ष ७४\७५ मा मात्रै ८ सय २१ को शव ल्याइएको तथ्याङ्कले देखाएको छ ।