गरिखानेको कथा : बिराटनगरकि मनमाया , उमेर बुढो परिश्रम कडा !

गरिखानेको कथा : बिराटनगरकि मनमाया , उमेर बुढो परिश्रम कडा !

बिराटनगर फाल्गुन १ ,

मनमाया श्रेष्ठ ,उमेर बुढो भएपनि परिश्रम भने युवाहरुको भन्दा बढी । २५-३० बर्ष भयो मनमायाले बिराटनगरमा खाजा घर चलाउदै आएको । कलेज रोडमा रहेको उनको खाजा पसलमा दैनिक खाजा खानको लागि भिड लाग्ने गर्छ । मनमायालाई सबैले "आमा" भनेर सम्बोधन गर्छन ।

बिवाहको केही बर्ष पछि नै उनको श्रीमानको देहवसान भयो र परिवारको सम्पूर्ण भार उनको काँधमा आइपुग्यो । उनले  घरघरमा भाडा मस्काएर,भारी बोकेर आफ्नो दुई छोरा र एउटी छोरीको लालनपालन गर्दै आइन । श्रीमानको मृत्युको पीडाको केहि बर्ष मै उनले आफ्ना २२ बर्षिय लक्काजवान छोरालाई पनि गुमाइन ।

"जीवनमा धेरै नै कष्ट पाए तर कहिले हार खाइन,मेहनेत गरे आज मलाई सुख छ,छोरीको बिहे गराइसके र छोरो आफै गरी खादै छ"उनि बताउँछिन् । दिनको ३ हजारसम्म व्यापार हुने उनको खाजा घरमा टाढाटाढाबाट मानिसहरु खाजा खान आउछन ।

[caption id="attachment_76980" align="alignnone" width="1032"] उनको खाजा घर[/caption]

उनको खाजा घरमा चनाचिउरा ,चिया, र सुखा रोटि पाइन्छ।

प्रस्तुति : बिबेक दाहाल /प्रेम पारख 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्