इटहरी इन्टरनेसनल कलेजमा एक हजार बढी बिद्यार्थीको आइटी बुट क्याम

इटहरी इन्टरनेसनल कलेजमा एक हजार बढी बिद्यार्थीको आइटी बुट क्याम

बिराटनगर फाल्गुन १ ,

बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वबिद्यालयको समब्धनमा गत वर्षबाट मोरङको सुन्दर हरैचामा संचालनमा आएको इटहरी इन्टरनेसनल कलेजमा आइटी बुट क्याम आयोजना हुदैछ । कलेजमा प्लस २ पढिरहेका बिद्यार्थीहरुको लागि उक्त बुटक्याम्प आयोजना गरिएको हो  । बुट क्याममा इटहरी ,झापा , धरान र बिराटनगरका बिभिन्न कलेजका बिद्यार्थीहरुको सहभागिता हुदै आएको छ । हाल सम्म एक हजार बढी बिद्यार्थीलाई उक्त बुट क्याम गराएको इटहरी इन्टरनेसनल कलेजका मार्केटिङ अफिसर नागार्जुन श्रेष्ठले जानकारी दिए ।

क्याममा एप्लिकेसन सफ्टवेयर र नेटवर्क सेक्युरिटीबारे बिद्यार्थीहरुलाई तालिम दिइएको थियो । आइटी क्षेत्रमा ख्यातिप्राप्त प्रशिक्षकहरु , नबिन केसी , मोनिल अधिकारी , सुबाश आचार्य र चिराग थापा लगायतले क्याममा बिद्यार्थीहरुलाई तालिम दिदै आएका  छन् ।

पूर्वमा आइटीको आकर्षण बढि रहेको र उक्त कलेज खुलेपछि बिद्यार्थीहरुले अन्तर्रा्ष्ट्रिय आइटी शिक्षा पुर्व मै पाएपछि हर्षित भएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्