क्यामरुनको डाउफिन्स क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

क्यामरुनको डाउफिन्स क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान, १ फागुन । क्यामरुनको डाउफिन्स क्लब २१ औँ अन्तर्राष्ट्रिय रेडबुल बुढासु्ब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। सुनसरीको धरानमा जारी खेलको अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। क्यामरुनले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्ने छ।

खेलको सुरुवातदेखि नै एपीएफविरुद्ध आक्रमक देखिएको क्यामरुनले खेलको नवौँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको क्यामरुनले खेलको ४९ औं मिनेटमा दोस्रो गोल गर्दै एपीएफविरुद्ध सहज जित हासिल गरेको छ। क्यामरुनको जितमा दुबै गोल एञ्जमा यानिकले गरे। खेलको म्यान आफ दि म्याच पनि क्वामरुनका यानिक नै घोषित भए। उनले नगद १५ हजार पुरस्कार प्राप्त गरेका छन्।

केही दिन अगाडि पोखरामा सम्पन्न मनकामना केवलकार गोल्डकप प्रतियोगितामा समेत क्यामरुनले एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दे उपाधि जितेको थियो। प्रतियोगितामा गोल गर्ने तीनवटा उतकृष्ट अवसर प्राप्त गरेको एपीएफले गोल गर्ने अवसर गुमाउँदा बदला लिन भने सकेन।

दोस्रो हाफमा खेलको लयमा फर्किन खोजेको एपीएफले शारीरिक रुपमा अब्बल देखिएका क्यामरुनका खेलाडि सामु कुनै चमत्कार भने देखाउन नसक्दा पहिलो चरणबाटै बाहिरिनु पर्‍यो। खेलको १७ र ३६ औं मिनेटमा एपीएफका रुपबहादुर लामाको फ्रि किक बललाई क्यामरुनका गोलरक्षक मोस्सीले विफल पारे।

२७ औं मिनेटमा रुपबहादुरले गोल गर्ने उत्कृष्ट अवसरलाई सदुपयोग गर्न सकेनन्। पहिलो हाफको इन्जुरी समयमा एपीएफका हरी कार्कीले डि बक्स एरियामा वान भर्सेज वानमा गोल गर्न असफल भए।

कार्कीले पोस्टको नजिकैबाट प्रहार गरेको बल आकासिएको थियो। भोलिको पहिलो सेमिफाइनल खेल आयोजक धरान फुटबल क्लब र संकटा क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्