बुढीगंगामा सार्वजनिक जग्गाको माटो खनेर व्यक्तिको प्लटिङमा, वडा अध्यक्षलाई प्रति गाडी २ सय

बुढीगंगामा  सार्वजनिक जग्गाको माटो खनेर व्यक्तिको प्लटिङमा, वडा अध्यक्षलाई प्रति गाडी २ सय

विराटनगर, १ फागुन । जनप्रतिनिधिकै संलग्नतामा बुढीगंगा गाउँपालिकामा सार्बजनिक जग्गाको माटो उत्खनन गरेको पाइएको छ । बुढीगंगा गाउँपालिका– ४ भवानीपुरबाट जनप्रतिनिधकै संलग्नतामा अवैध रुपमा उत्खनन गरेको पाइएको हो ।

मोरङ र सुनसरीको सीमा क्षेत्रमा बग्दै आएको बुढी खोलाछेउको दुई विघा ऐलानी जग्गा वडा अध्यक्ष कासिम मियाकै अगुवाइमा उत्खनन भएको स्थानीयको आरोप छ । बर्षौदेखि नियम विपरीत उत्खनन गर्दा ऐलनी जग्गा १० फिटसम्म गहिरो बनेको छ । वर्षेनी अवैध उत्खनन गरिदै आएको सो क्षेत्रमा १५ दिनयता एक्साभेटर प्रयोग गरी उत्खनन भइरहेको छ ।

वडा अध्यक्ष मिया पनि आफूले पैसा लिएको स्वीकार गर्छन् । ‘माटो निकाल्नेले अलिअलि पैसा मलाइ दिन्छन्’ उनले भने ‘कटान गर्ने ठाउँसम्म पुग्ने मेरो जग्गाको बाटो हुँदै जानुपर्छ ।’ ठेकेदारले आफ्नो जग्गाको बाटो प्रयोग गरेबापत पैसा दिने गरेको उनको दाबी छ ।

उत्खनन गरिएको माटो सडक र प्लटिङमा प्रयोग हुने गरेको छ । अध्यक्ष मियाले निर्माणाधीन कोशी राजमार्ग र नजिकै रहेको प्लटिङ पुर्नलाई माटो लगिएको बताए ।

स्थानीय महम्मद नुर जनप्रतिनिधिले सार्वजनिक सम्पत्तिको दोहन गरेको बताउँछन् । पटक पटक उत्खननका बिषयमा स्थानीय प्रशासनलाई जानकारी दिदा चासो नदिएको उनको गुनसो छ । सो क्षेत्रमा २ बिघा ३ कट्ठा ५ धुर ऐलानी जग्गा छ । सोही जग्गाबाट अबैध रुपमा माटो उत्खनन गरिएको हो ।

बुढीगंगा गाउँपालिकाले भवानीपुरमा २ वटा नाका राखेर बालुवा निकासीका लागि ठेक्का लगाएको थियो । गाउँपालिकाले सबै खोला जम्मा १५ लाखमा ठेक्का लगाएको अध्यक्ष बालचन्द माझीले जानकारी दिए । दुई महिना अघिमात्र खोलाजन्य पदार्थ उत्खननकालागि स्थानिय किरण चौधरीलाई ठेक्का दिएको उनले बताए ।

वडा नम्बर ४ भवानीपुर नाकाबाट ११ हजार ९ सय घनमिटर बालुवा र १० हजार २ सय ४२ क्युबिक फिट भरौट ओसार्न स्वीकृति दिएको उनले बताए । तर ऐलनी जग्गा उत्खनन गर्न कसैलाई अनुमति नभएको उनको भनाइ छ । कसैलाई ऐलानी पर्ती जग्गा कटान गर्ने अनुमति नदिइएको बताउदै उनले संलग्नता देखिए कारवाही गरिने बताए । अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्