देशभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकार ढाल्न खाेज्दै छन् : गृहमन्त्री वादल

<span class='c1'>देशभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकार</span> <span class='c2'>ढाल्न खाेज्दै छन् : गृहमन्त्री वादल</span>

भद्रपुर, १ फागुन ।  गृहमन्त्री रामबहादुर थापा (बादल)ले देशभित्र र बाहिरका असन्तुष्ट शक्तिले वर्तमान सरकारलाई ढाल्न खोजिरहेको आरोप लगाएका छन्।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) झापाले जनयुद्ध दिवसको अवसरमा बिर्तामोडमा बुधवार आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले देश भित्रकै राज्य विरोधी शक्तिलाई अन्तराष्ट्रिय केहि शक्ति लागेर सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र ढाल्ने कसरतमा लागि परेको आरोप लगाए।  देशमा पृथकतावादी गतिविधि बढिरहेकाले सचेत रहन आग्रह गर्दै गृहमन्त्री थापाले भने, ‘झापा जिल्लामा पृथकतावादीको त्यति धेरै घुसपैठ नभए पनि धर्म, संस्कृति, जातिका नाममा देशलाई विभाजित गर्ने र दङ्गा फैलाउने शक्ति यस प्रदेशसहित झापामा छ।’ त्यसैले सोही शक्ति र तत्वलाई रोकथाम र नियन्त्रण गर्न सरकार विशेष सुरक्षा योजना बनाउन लागि परेको उनले उल्लेख गरे।

'देश र नागरिकको सुरक्षाका लागि सरकार कटिबद्ध रहेको बताउँदै उनले भने, ‘शान्ति सुरक्षामा कुनै कञ्जुस्याई हुदैन, सरकार सुरक्षा सम्बन्धि कानुन बनाएर अघि बढछ।’ पार्टी एकताको प्रसंगमा बोल्दै उनले भने, ‘फागुन दोस्रो साता भित्रमा पार्टी एकताका सबै प्रकृया पुरा हुन्छ र यसले निकास पाउँछ।’  नेकपा केन्द्रिय सदस्य राम कार्की (पार्थ) ले पार्टी एकता प्रक्रियामा ढिलाई भइरहेकोले नेकपाका नेतृत्व प्रति प्रदेश तथा जिल्लाका कार्यकर्ताको आक्रोस बढ्दै गएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्