विराटनगर, १ फागुन । विराटनगरका “लेट्स चेन्ज—पाइला परिवर्तनको लागि” नामक संस्थाले विराटनगर ८ बस्ने क्यान्सर रोगबाट पिडित भएकी सकुन्तला राईको लागि सहयोग संकलन गरिरहेको छ । गत वर्ष देखि उनको भतmपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । पैसाले गर्दा उनको दिनहुँ हुने उपचारमा समस्या आए पश्चात हामीले स्ट्रीट सो गरेर सहयोग संकलन गर्न लागेको संस्थाका सह—कोषाध्यक्ष साजन राईले बताए ।