काठमाडाैँ, १ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउँदा ग्राहकलाई अफर ल्याएको छ। ग्राहकलाई आकर्षित गर्न भन्दै एनआइसी रेमिटले दुई पटक पैसा पठाउँद एकपटक निशुल्क सेवा दिने भएको छ।
यो अफर फागुन र चैत महिनामात्र लागू हुने छ। एनआइसी रेमिटबाट पैसा पठाउँदा बैंकका देशभरका २७६ शाखा, ३९ एक्सटेन्सन काउण्टर, २३ शाखा रहित बैंकिङ्ग ईकाई र ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् पैसा लिन सकिने छ।