आज ‘भ्यालेन्टाइन डे’ प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर !!

आज ‘भ्यालेन्टाइन डे’ प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर !!

काठमाडौंँ, फागुन २ गते ।

‘विल यु वि माई भ्यालेन्टाइन’ आज १४ फेब्रुअरीका दिन सबैले आफ्ना प्रेमी तथा प्रेमिकालाई यही वाक्यबाट सम्बोधन गर्ने गर्छन् । प्रेमको प्रतीक मानिने रेड रोज अर्थात् रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् ।
‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आइ लभ यु’ सम्म फर्माउनका लागि यही गुलाब प्रयोग गरिन्छ । जुन भावना शब्दमार्फत व्यक्त गर्न वर्षौंसम्म सकिंदैन, तर एउटा पूर्ण फक्रिनसकेको गुलाबको फूलले त्यो भावनालाई प्रतिबिम्बित गर्न पर्याप्त हुन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् ।
लोकन्थलिस्थित समृद्ध कलेजका स्नातक पहिलो वर्षमा अध्ययनरत रुसिना हेका मन पराएको व्यक्तिलाई ‘लभ एक्सप्रेस’ गर्ने मौका भ्यालेन्टइन डेमा नै भएको धारणा व्यक्त गर्नुहुन्छ ।

सूचना प्रविधिको प्रयोगले भ्यालेन्टाइन डेको रौनक नेपालमा एक दशकयता ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाब र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ ।
प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना ठूला गिफ्ट पसलहरूमा प्रेमीहरु भरिभराउ देखिन्छ ।

खिचापोखरीस्थित हलमार्कका बिक्रेता रुपेश कार्कीले वर्ष दिनमा सबैभन्दा बढी व्यापार भ्यालेनटाइनका अवसरमा हुने बताउनुभयो । उहाँले यस अवसरमा रातो गुलाफ तथा ‘आइ लभ यु’ लेखिएको विभिन्न उपहार पोष्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, परफ्युम, चकलेट जस्ता सामानको बढी बिक्री हुने पनि जानकारी दिनुभयो ।
दरवारमार्गस्थित आर्चिज ग्यालरीमा सामान खरिद गरिरहनुभएका हरिष न्यौपाने भन्नहुन्छ, ‘प्रेम व्यक्त गर्ने शैली परिवर्तन भएकोले प्रेमिकाका लागि उपहार खरिद गर्दैछु ।’
‘प्रेमको यो पर्व आफैंमा सुखद क्षण बनेर आउँछ तर यसदिनमा गरिने प्रेमप्रस्ताव सम्बन्ध र आकर्षण गराउने शैली शिष्ट हुनुपर्छ’, न्यौपाने भन्नुहुन्छ ।

कुनै चाडपर्व होस् या भावना व्यक्त गर्न, आजको जमानामा कार्डलाई नै राम्रो माध्यम बनाएका छन् । आफ्नो भावना व्यक्त गर्न आफूले लेख्न पनि नपर्ने कार्डमा नै लेखिराखेका हुन्छन, त्यसैले पनि कार्ड दिने चलन बढेको हो ।
‘आफ्नो संस्कृतिलाई संरक्षण गर्नुपर्छ पश्चिमी संस्कृतिलाई किन महत्वदिने’ इन्टेनसिभ कलेजमा स्नात्तक तेस्रो बर्षमा अध्ययनरत रिमा महर्जन भन्नुहुन्छ–‘नेपाल संस्कृतिको धनी देश हो हाम्रो संस्कृतिमा पनि धेरै चाडपर्व छन् त्यसलाई अहिलेको युवापुस्ताले संरक्षण गर्नुपर्छ ।’
महर्जन भन्नुहुन्छ, “अर्काको संस्कृतिलाई फलो गर्नु त्यति राम्रो होइन प्रेम अभिव्यक्त गर्न वा यसको बहानामा रमाइलो गर्न रेष्टुरेन्ट जाने संस्कृति मात्र सुरु भएको छ ।’ उहाँले प्रेमको भावना ब्यक्त हाम्रो संस्कृति होलीलाई मानिने पनि जानकारी दिनुभयो ।

भ्यालेन्टाइन डेको सुरुआत ईस्वी सम्वत् २६९ मा भएकोे मानिन्छ । एक सम्राटले सैनिकहरू नारीसँगको सम्बन्धका कारण कमजोर हुने भन्दै प्रेम र बिबाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे । आफ्नै अभियान विरूद्धको गतिविधि सैह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए ।
झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । यसैबीच प्रणय दिवसको लगि यो वर्ष भारतबाट एक करोड ५० लाख रुपियाँ मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएको छ ।

माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ेको कारण धेरै परिमाणमा फूल आयात नगरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको पनि बताउनुभयो ।
एसोसिएसनका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रिय रूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बृद्धि हुनेछ । गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपियाँसम्म तिरेका उपभोक्तालाई यस वर्ष ५० रुपियाँदेखि सय रुपियाँसम्म पर्नेछ ।

यस्तै विभिन्न समाचार एजेन्सीका अनुसार पाकिस्तानमा यो प्रणय दिवस मनाउन रोक लगाइएको छ भने साउदी अरेबियामा प्रहरीले प्रणय दिवस माथि प्रतिबन्ध लगाएको छ । त्यहाँ महिला र पुरुष रेस्टुरेन्टमा अलग्गै बस्नुपर्छ । यता भारतमा प्रणय दिवस मनाइए पनि पश्चिमी संस्कृति भएको भन्दै अलोचना पनि गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्