झापामा मादक पदार्थ सेवन गरेर ७६ बर्षीया वृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ 

झापामा मादक पदार्थ सेवन गरेर ७६ बर्षीया वृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ 

झापा, फाल्गुन ०२ गते ।

झापाको मेचीनगर नगरपालिका-५ मा एक बृद्धालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक  युवकलाई पक्राउ गरिएको छ ।

बृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने सोही नगरपालिका बस्ने बर्ष २३ को कुमार लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका राईले बुधवार दिउँसो १२ बजे ७६ बर्षीया वृद्धालाई घरमा सुतीरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भनि निजको श्रीमानले दिएको उजुरीको आधारमा सिमा प्रहरी चौकी नकलबन्दबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्