बिराटनगरमा केहि युवाले यसरी सामाजिक काम गरेर मनाए प्रेम दिवस !

<span class='c1'>बिराटनगरमा केहि युवाले यसरी सामाजिक काम</span> <span class='c2'>गरेर मनाए प्रेम दिवस !</span>

बिराटनगर फाल्गुन २ ,

आज प्रेम दिवस , माया गर्नेहरुको लागि बिशेष दिन । बिशेष गरेर युवापुस्तामा यस दिन लोकप्रिय निकै लोकप्रिय रहेको छ । बिराटनगरमा भने केहि युवाहरुले प्रेम दिवसमा सामाजिक काम गरेका छन् । बिराटनगर हाट्खोला सुकुमवासी वस्तिमा बिराटनगरका केही सामाजिक अभियनताहरुद्वारा बिपन्न र साहाराबिहिन परिवारलाई फलफुल तथा मिठाइ खुवाएर प्रेम दिवस मनाएका छन। सो परिवारमा एक नाति, हजुरआमा र रोगी बुबा बस्दै आएका छन् । उनीहरुलाई जीवन चलाउन निकै कठिन परिरहेको अवस्था रहेको छ ।

अभियन्ताहरुले आज उनीहरुलाई फलफुल तथा मिठो खानेकुरा प्रदान गरेका थिए । केहि महिना अघि पनि सो परिवारलाई ६ महिनाको लागि पुग्ने सम्पुर्ण सामागृहरु सहयोग गरेको युवा अभियन्ता पेरिस सुवेदीले जानकारी दिए ।

कार्यक्रममा बिराटनगरका समाजसेवी बिनोद राउत , रमेश राउत र पेरिस सुबेदिको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्