बुढीगंगामा रहेको अल्ट्राटेक सिमेन्ट उद्योग पुर्ण संचालनमा नआउँदै विवादमा, मजदुरको आन्दोलन

<span class='c1'>बुढीगंगामा रहेको अल्ट्राटेक सिमेन्ट उद्योग पुर्ण</span> <span class='c2'>संचालनमा नआउँदै विवादमा, मजदुरको आन्दोलन</span>

 अकबर अली/दुहवी, २ फागुन । मोरङको बुढीगंगा ५ मा रहेको अल्ट्राटेक सिमेन्ट उद्योगमा मजदुर र उद्योग संचालक बिच विवाद भएको छ । प्रहरीको आडमा आफुहरुलाइ कुटपिट गरेको मजदुरहरुले आरोप लगाएका हुन् भने उद्योगले मजदुर माथि कुनै कुटपिट नभएको प्रतिक्रिया दिएको छ ।

ठेकेदार मार्फत काम गर्ने ३६ जना मजदुर ठेकेदार कम्पनी हिँडेपछि उद्योगले काम दिनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् । आफुहरुलाइ कामबाट निकालेपछि आन्दोलन गर्दा सिमेन्ट उद्योग संचालकले प्रहरीको आडमा आफुहरुलाई कुटपिट गरेको उनीहरुको आरोप छ ।
उद्योगकी मजदुर ललिता सरदारले उद्योगले कामबाट निकालेपछि सिमेन्ट उद्योगको गेट अगाडी वुधवारदेखि शान्तिपूर्ण धर्नामा बसी आन्दोलन गर्दा माग सम्बोधन नगरी गुण्डागर्दी शैलीमा आत्रमण गरेको आरोप लगाईन् । ‘हामीलाई नै कामबाट निकाल्ने उनले भनिन्, अनी हाम्रा मागका बिषयमा कुरा गर्न खोज्दै उल्टै उद्योगले हामीमाथि ज्यादती ग¥यो ।’
उद्योगकी अर्की महजदुर सुशिला सरदारले उद्योगले कुनै कारण नै नखुलाई निकाल्यो धर्ना बस्दा प्रहरी लगाएर कुट्न लगाएको आरोप लगाईन् । उनको प्रश्न छ, प्रहरी उद्योगको मात्र हो र? हाम्रो कुरा सुनिनु पर्दैन ?’ मजदुरको सुरक्षा दिनुपर्नेमा मजदुरमारा उद्योगलाइ संरक्षण गरि प्रहरी समेत मिलेर आफुहरुमाथि कुटपिट भएको उनले सुनाईन् ।
यसरी शुरु भयो आन्दाेलन
बुढीगंगा गाउँपालिका ५ मा करिब २ बर्ष अगाडि देखि नै सिमेन्ट उद्योग निर्माणको काम शुरु भएको थियो । उद्योग बनाउने क्रममा ठेकेदारलाई जिम्मा दिएको थियो । ठेकेदारले कामदारको रुपमा धेरै स्थानीयलाई नै प्रयोग गर्यो भने केही प्राबिधिक बाहिरबाट ल्यायो ।
पछि ठेकेदारले काम सक्यो उ आफ्नो बाटो लाग्यो । त्यहाँ भएका केही मजदुरलाई शुरु भएकोले उदोगले नै सिमेन्ट सार्ने तथा उठाउने काममा लगायो । तर त्यो काम गर्न उनीहरुले मानेन् ।
३६ जना मजदुरहरुलाई सिमेन्ट उद्योगले कामबाट निकालेपछि मजदुरहरु आन्दोलिनत भए । बिहिवार उद्योग हाता भित्र पस्न खोज्दा उद्योग प्रशासनले धक्का मुक्की गर्दै गेट वाहिर निकालेको उनीहरुको भनाई छ । उद्योगले क्षमताको आधारमा धेरै मजदुर भएपछि कटौती गरिएको जनाएको छ । तर मजदुरहरु भने आफुहरुलाई कामबाट हटाएर अर्कै मजदुर प्रयोग गरिरहेको आरोप लगाउँछन् ।
केही दिन अगाडि देखि नै मजदुर र मालिक बिचको समस्या बल्झिएको थियो । उद्योग संचालकले मजदुर कटौती गर्नभन्दा पहिला सिमेन्ट उठाउने र सार्ने काम गर्न भनेको तर मजदुरले त्यो काम गर्न अटेर गरेपछि निकाल्नु परेको उद्योग संचाकलको भनाई छ । अहिले निश्कासनमा परेका मजदुरलाई पनि उद्योग पुर्ण रुपमा संचालनमा आएपछि राखिने आश्वासन उद्योग संचालकको छ ।
उद्योगका संचालक मनिष मारुले मङ्सिर १९ गतेदेखि प्लान्ट संचालनमा आएपछि ठेकेदार कम्पनीले आफ्नो काम सकेर गएपछि उद्योगलाई काममा राख्न दवाव दिएको बताए । सिमेन्ट उद्योग बनाउने काम ठेकेदार कम्पनीले गर्दै आएको थियो, उद्योग संचालक मारुले भने, ‘ठेकेदार कम्पनी मार्फत काम गरेका उनीहरु पछि उद्योगमा नै काम दिनु पर्ने भन्दै आन्दोलनमा उत्रिएर दवाव दिएका हुन् ।’
तर तत्काल राख्न सक्ने अबस्था नभएकोले पछि राख्ने भनिएपनि उनीहरुले गाडिलाई हिड्नै नदिएपछि प्रहरीले उनीहरुलाई हटाउने प्रयास गरेको तर उनीहरु माथि कुनै कुटपिट नभएको मारुले प्रतिक्रिया दिए ।
पत्रकारलाई रोक
संकलन गर्ने क्रममा सञ्चारकर्मीहरुलाइ समेत समाचार संकलन गर्न उद्योग व्यवस्थापकले अवरोध पुर्याएका थिए । संकलन गर्ने क्रममा सञ्चारकर्मीहरुले खिचेको तस्विर हटाउँन दवाव दिनुकासाथै आफ्नो सिमेन्ट उद्योग नयाँ भएकोले गुणस्तर चिन्ह समेत प्राप्त न भएको हुँदा समाचार सम्प्रेषणले उद्योगको वेज्जती हुँने र गुणस्तर चिन्ह प्राप्त गर्न अवरुद्ध हुँन सक्ने भन्दै समाचार सम्प्रेषण न गर्न दवाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्