विराटनगरमा फुड फेस्टा शुरु, स्थानीय जातीय खानाको परिकार प्रदर्शनीमा

<span class='c1'>विराटनगरमा फुड फेस्टा शुरु, स्थानीय</span> <span class='c2'>जातीय खानाको परिकार प्रदर्शनीमा</span>

विराटनगर, २९ माघ । विराटनगरमा यसपटकको भ्यालेटाईन डे अर्थात प्रेम दिवसको दिनदेखि बिविध सँस्कृतिक कार्यक्रम सहितको तीन दिने जातिय फुड फेस्टा सुरु भएको छ । विराटनगरको नमस्कार होटलमा विहिबार विराटनगरका मेयर भीम पराजुलीलले खाना महोत्सवको उद्घाटन गरेका हुन् ।

खाना महोत्सवमा साँगीतिक माहोलसँगै ३ दिने विभिन्न जातिय परिकारका खाना महोत्सव सुरु भएको छ । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ सुरु भएको छ ।
विभिन्न जातिकास्थानीय खाना सहितको २५ स्टल राखिएका छन् । फुड फेस्टामा नेवारी, थारु, राजवंशी, लगायत विभिन्न क्याफे तथा रेष्टुराका परिकारहरु राखिएका छन् ।
साथै फुड फेस्टामा बालबालिकाको मनोरञ्जनका लागि किड्स जोन पनि राखिएको छ । फुड फेस्टालाई थप मनोरन्जन प्रदान गर्न आयोजकले नेपालको चर्चित सांगीतिक व्याण्ड ‘कुटुम्व’ लगायत राष्ट्रिय कलाकार र स्थानीय कलाकारले मनोरञ्जन दिलाउने प्रयास गरेका छन् । ‘कुटुम्व’ चर्चित सांगीतिक ब्याण्ड हो । विराटनगरमा ४ बर्षपछि दोस्रो पटक विराट फुड फिष्टा सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्