विराटनगरकाे ईक्राहीमा जवरजस्ती करणी प्रयास गर्ने एक युवा पक्राउ

विराटनगरकाे ईक्राहीमा जवरजस्ती करणी प्रयास गर्ने एक युवा पक्राउ

विराटनगर,२ फागुन । विराटनगर महानगरपालिका-४ इक्राहीमा एक बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणीको प्रयास गर्ने सुनसरी दुहवी भलुवा-१ बस्ने बर्ष २२ को सलमोदिन मियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान सवा ११ बजे को २ ह २०११ नम्बरको सिटी-सफारी चालक मियाले बालिकालाई ललाई फकाई सिटी सफारीमा हालेर नजिकै रहेको उखु बारीमा लगेर करणीको प्रयास गर्दा बालिका चिच्याए पश्चात स्थानीयले थाहा पाएर प्रहरीमा खबर गरेका थिए ।  घटनास्थलमा तत्काल प्रहरी चौकी बरगाछीबाट प्रहरी टोलीले सिटी सफारी सहित मियालाई पक्राउ गरेको हो । पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्