प्रेम दिवसकै दिन पाँच जनाले मागे सम्बन्धविच्छेद

<span class='c1'>प्रेम दिवसकै दिन पाँच</span> <span class='c2'>जनाले मागे सम्बन्धविच्छेद</span>

हेटौंडा, ३ फागुन । हेटौंडा उपहानगरपालिका-१३ का २९ वर्षीय सुमन लामाले पत्नीसँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत (मकवानपुर) मा मुद्दा दर्ता गराएका छन्। लामाले मात्र होइन पदमपोखरीकी २३ वर्षीया रन्जिता केसीले पनि पतिसँग सम्बन्धविच्छेद गर्न बिहीबार जिल्ला अदालत (मकवानपुर) मा निवेदन दर्ता गराएकी छन्।

उनीसँग एक वर्षको छोरा पनि छ। सधैं पतिले रक्सी खाएर कुटपिट गर्ने गरेकाले छोरासमेत कुटपिटमा मर्न सक्ने डरले सम्बन्धविच्छेद गर्न अदालतको ढोका ढकढक्याएको उनले बताइन्। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

प्रेम दिवसका दिन बिहीबार मात्र जिल्ला अदालत (मकवानपुर)मा लामा र केसीसहित ५ जनाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन्।मुद्दा दर्ता गर्नेमा एक पुरुष र चार महिला रहेको अदालतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्