धनुषामा ११ वर्षीया बालिकाको हत्या, आधा जलेको अवस्थामा शव फेला

धनुषामा ११ वर्षीया बालिकाको हत्या, आधा जलेको अवस्थामा शव फेला

धनुषा, ३ फागुन ।  धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो ।

बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आधा जलेको शवलाई पोष्टमर्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज राईले बताए ।

आधा जलेको अवस्थामा शव फेला परेपछि बालिकालाई जिउँदै अथवा हत्या गरेर जलाएको हुन सक्ने स्थानीय बासिन्दाको आशंका छ । तर प्रहरीले हत्या भए पनि के कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमर्टम रिपोर्ट पछि मात्र भन्न सकिने बताएको छ ।

‘बालिकाको हत्या भएकै जस्तो देखिन्छ । शवको पोष्टमर्टमले बालिकालाई जिउँदै जलाएको हो अथवा हत्या गरेर जलाएको हो भन्ने कुरा प्रष्ट हुन्छ’, प्रहरी निरीक्षक राईले भने, ‘किन, कसले, कसरी हत्या गरेको छ भन्ने कुरा पत्ता लगाउन हामी गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्