झापाको नापी कार्यालयका कर्मचारीले चार हजार घुस मागेपछि…

<span class='c1'>झापाको नापी कार्यालयका कर्मचारीले</span> <span class='c2'>चार हजार घुस मागेपछि…</span>

नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीका कर्मचारी घुस रकमसहित रंगेहात फेला परेका छन् । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग निशुल्क गर्नुपर्ने काम लाई गर्न नमिल्ने काम भन्दै चार हजार रुपैयाँ घुस रकम मागेका थिए ।

झापा बिर्तामोड-४ का रञ्जितमान राईले बिर्तामोड-९ स्थित कित्ता नम्बर १५२६ र १४६८ को सिमाना जोडिएको जग्गा खरिद गरेका थिए । उक्त २ वटा कित्ता नम्बरको जग्गा कित्ता एकीकृत गर्न किर्ताकाट् नखुलेकाले तत्काल गर्न नमिल्ने तर चार हजार आफूहरुलाई दिएपछि सबै मिलाईदिने भनेर नापी सर्वेक्षक शाहले रकम माग गरेका थिए ।

तीन पटकसम्म कार्यालय धाउँदा समेत कर्मचारीले आफ्नो काम नगरी पैसा माग्न थालेपछि राईले हामीलाई सम्पर्क गरेका थिए । त्यसपछि हामी गोप्य क्यामेरासहित कार्यालय पुगेका थियौँ । कार्यालय पुगेका राईले आफ्नो काम गराउन चार हजार रुपैयाँ अमिन चौधरीको हातमा थमाए ।

पछि उनको कित्ता एकीकृतको काम अघि बढ्यो । अमिन चौधरीले रकम लिएपछि हामीले किन यसरी अवैध रकम असुलेको भनेपछि अमिन चौधरीले खल्तीबाट रकम निकाल्दै यसबारेमा आफूलाई केही थाहा नभएको भन्दै सर्वेक्षक शाहलाई देखाए ।

तर नापी सर्वेक्षक शाहले भने फिल्ड निरीक्षण गरेबापतको रकम लिएको बताए । तर कर्मचारीले सेवाग्राहीलाई सेवा दिएबापत कार्यालयमा लाग्ने दस्तुरबाहेक कुनै रकम लिन नमिल्ने कानुनी व्यवस्था छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्