देशैभरी मौसम बदली, आगामी तीन दिनसम्म यस्तै अवस्था

<span class='c1'>देशैभरी मौसम बदली, आगामी</span> <span class='c2'>तीन दिनसम्म यस्तै अवस्था</span>

काठमाडौं । आज देशभरीनै सामान्य देखि पूर्णतया वदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने तथा  पश्चिमी भूभागका अधिकांश स्थान  र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर सामान्यतया बदली रहने तथा पश्चिमी भूभागका अधिकांश स्थान  र मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

भोलि शनिबार दिउँसो  देशको अधिकांश भूभागमा सामान्यतया बदली रहने तथा पश्चिमी भूभाग र पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना महाशाखाले औंल्याएको  छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपात हुन सक्ने जनाइएको छ ।
भोलि राति देशको पश्चिमी र मध्य भूभागमा अंशिक बदली र पूर्वी भूभागमा सामान्य बदली रहने तथा पूर्वी तथा मध्य पहाडी भूभागका थोरै स्थान र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना औंल्याइएको छ ।

यसैगरी आइतबार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।  पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।त्यसैगरी आइतबार राति देशको पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्