मोरङको क्षेत्री खोलामा पिकअप भ्यान दुर्घटना चालकको मृत्यु, २ घाइते

मोरङको   क्षेत्री खोलामा पिकअप भ्यान दुर्घटना चालकको मृत्यु, २ घाइते

विराटनगर, ३ फागुन।  मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमिते स्थित क्षेत्री खोलामा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।   रमिते बजारबाट अम्लिसोको कुचो लोड गरेर जाँते तर्फ जाँदै गरेको को १ च ९३२४ नम्बरको पिकअप भ्यान उकालो चढ्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा पिकअप चालक लेटाङ नगरपालिका-८ बस्ने वर्ष ४२ को नगेन्द्र खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका-८ बस्ने बर्ष ४५ को तल बहादुर राई र मिक्लाजुङ गाउँपालिका-५ बस्ने बर्ष २० को सुधिर नेपाल घाइते भएका छन् । उनकाे न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेकाे   जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्