बिराट फुटवेयर एक्स्पोका आयोजक भन्छन “ग्राहकको भिड थामीनसक्नु छ , हामी उत्साहित छौ”

बिराट फुटवेयर एक्स्पोका आयोजक भन्छन “ग्राहकको भिड थामीनसक्नु छ , हामी उत्साहित छौ”

बिराटनगर फाल्गुन ३ ,

विराटनगरमा जारी विराट फुटवेयर एक्स्पोमा १ करोड ५० लाख बढीको बराबर भएको छ । विराटनगरको मेनरोडमा गएको ९ गतेबाट शुरु भएको मेलामा दैनिक ग्राहकको भिड हुने गरेको छ  ।

मेलामा बिराटनगर लगायत मोरङ , सुनसरी तथा झापाबाट ग्राहकको ठुलो घुइचो लाग्ने गरेको छ । "पहिले ल्याएका सबै जुत्ताचप्पल सकिएर अहिले नया स्टक पनि ल्याएका छौ , ग्राहकको भिड बढेकोले सबै उत्साहित छौ" मेला संयोजक होमनाथ उपाध्यायले बताए  ।

सस्तोमा बजार भन्दा गुणस्तरीय जुत्ताचप्पल पाएको मेलामा सामेल ग्राहकले बताए । "बजारमा ३-४ हजार पर्ने जुत्ता यहाँ ८ सय मै पाए , यस्ता मेला सधै भए ग्राहकले बजारमा ठगिनुपर्दैन थियो" मेलामा सुनसरीबाट आएका रमेश मुखियाले बताए  ।

एक्स्पोमा सहभागि देशभित्रका १० वटा प्रतिष्ठित जुत्ताचप्पल उद्योगले १५ देखि ६० प्रतिशतसम्मको छुटमा आफ्ना उत्पादन विक्री गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्