मोरङको पथरीमा खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा महिलाको शव भेटियो

<span class='c1'>मोरङको पथरीमा खोलामा ओड्नेले छापेर फालिएको</span> <span class='c2'>अवस्थामा  महिलाको शव भेटियो</span>

पथरी फाल्गुन ३ ,

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा एक महिलाको शव भेटिएको छ ।

शुक्रबार स्थानीय सालको पात टिप्न गएका स्थानीयले जंगलमा रहेको मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा ३०/३२ बर्षको देखिने शव भेटिएको घट्नास्थलमा रहेका ब्लाष्ट खवरकर्मी दिनेश सुब्बाले जानकारी दिए ।

हाल प्रहरीले शव भएको स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।शव खोलको एकाकुनामा छोपेर राखेको पाइएको छ । ती महिलाले स्पोर्टसुज लगाएकीछन् । महिलाले बोक्ने झोला पनि साथमा रहेको छ ।

स्थानीयका अनुसार ती युवतीलाई लुटपाट गरि बलात्कार गरेर शव लुकाइएको आसंका गरेका छन् ।इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले शव भेटिएको स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।ब्लाष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्