प्रदेश १ सरकारले ९० बर्ष माथिका जेष्ठ नागरिकलाई ५ हजार सहित घरमै पुगेर सम्मान गर्ने

प्रदेश १ सरकारले ९० बर्ष माथिका जेष्ठ नागरिकलाई ५ हजार सहित घरमै पुगेर सम्मान गर्ने

विराटनगर, ३ फागुन ।
प्रदेश सरकारले ९० बर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई नगद ५ हजार सहित घरमै पुगेर सम्मान गर्ने घोषणा गरेको छ । एक बर्ष भित्र प्रदेश सरकारले गरेको कार्यक्रम सार्बजनिक गर्दै । बार्षिक उत्सवको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय परिषरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ९० बर्ष मन्दा माथिका जेष्ठ नागरिकलाई ५ हजार नगद सहित सम्मान गर्ने घोषण गरेका हुन् ।

उनले भने, ‘प्रदेश सरकारले आफनो एकवर्षे कार्यकाल पुरा गरेको यस ऐतिहासिक अवसरमा यसै आर्थिक वर्षमा प्रदेशका अति ज्येष्ठ नागरिक ९० वर्ष भन्दा माथिका वृद्धवृद्धा आमा वुवाहरुलाई सरकारको तर्फवाट रु.५,००० नगद सहित घर–घरमा सम्मान गर्ने घोषणा सरकारको तर्फवाट गर्न चाहन्छु ।’
सुशासन, विकास र समृद्धि अर्थात समृद्ध प्रदेश, सुखी जनताको लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको समेत उनले स्पष्ट पारे । प्रदेश सरकारलाई सबै क्षेत्रको साथ, सहयोग र सदभाव प्राप्त भएकोमा खुसी ब्यक्त गरे ।
मुख्यमन्त्री राईले प्रदेश सरकार र प्रदेशसभाप्रति जनतालाई जोड्दै प्रदेशको विकास समृद्धि र सुशासनमा जनताले आशा र भरोसा गर्ने एकमात्र संस्थाको रुपमा प्रदेशलाई स्थापित गर्न यसवीचमा सफल भएको उनको दाबी छ । छोटो अवधिमै प्रदेश सरकारप्रति जनताको आशा, विश्वास र भरोसा गर्ने अवस्था सिर्जना भएको छ त्यो वढीराखेको छ यो अत्यन्तै सकारात्मक र उपलव्धीको पक्ष हो, उनले भने ।
प्रदेशको योजनावद्ध आधुनिक विकासका लागि प्रदेश योजना आयोगको गठन, आवधिक योजनाको तर्जुमा, आयोजनाहरुको वर्गिकरण प्राथमिकीकरण गर्दै अगाडि बढ्नु र वित्तिय अनुशासन कायम गर्न सक्नु अर्को महत्वपूर्ण उल्लेख्य पक्षको रुपमा लिएको उनले सुनाएका छन् ।
प्रदेशको विकासमा कृषि, पर्यटन, उर्जा, वन वातावरण, उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न र सहकार्य गर्न नेपालको विकासका साझेदारहरु, नेपाल उद्योग वाणिज्य महासंघ, अन्य संघसंस्था लगायत निजि क्षेत्रका लगानीकर्ताहरुको ध्यान आर्कषित गर्न र सहकार्य गर्नका लागि महत्वपूर्ण आधारहरु तयार गर्न सफल भएको उनले बताए ।
सोही अवसरमा प्रदेश स्थापना गर्दादेखि अहिलेसम्म नियमित काम गर्ने झण्डै एक दर्जन बढी कर्मचारीलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्