प्रतिनिधिसभाद्वारा ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित

प्रतिनिधिसभाद्वारा ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित

काठमाडौं, ४ फागुन ।  संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ ।  प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गर्नु भएको सो विधेयक बहुमतले पारित गरिएको हो ।

विधेयकमा प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीहरुको संघका सरुवा हुन नपाउने व्यवस्था गरिएको छ । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले सो विधेयक राज्यव्यवस्था तथा सुशासन समितिमा व्यापक छलफल भई सर्वसम्मतिले पारित भएकाले यसमा कुनै समस्या नरहेको दावी गरेका थिए । उनले सो विधेयकले कर्मचारीहरुको वृत्ति विकासमा कुनै समस्या नपार्ने पनि बताएका थिए ।

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रेम सुवाल, सरिता गिरीलगायतका सांसदहरुले स्थानीय तहको स्वीकृति विनानै विधेयक तयार गरेको भन्दै फिर्ता लिन माग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्