मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट: दुई खेलमा पराजित पुर्वाञ्चल खेलबाट बाहिरियो

मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट: दुई खेलमा पराजित पुर्वाञ्चल खेलबाट बाहिरियो

विराटनगर, ३ फागुन । विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा गुराँस पुस्तकालयले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ११ ले पराजित समुह ए को समुह उप–विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेलमा पराजित भएसँगै पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरिएको हो

विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा २५ ओभरमा सवै विकेट गुमाई ९६ रनको झिनो योगफल तयार पारेको थियो । जसमा मिलन कार्की र इसान क्षेत्रीले समान १४–१४ रन र सकिव हकले १५ रनको योगदान दिए । पूर्वाञ्चलका मेहबुब आलम इराकीले ३ विकेट तथा सौगात भट्टराई र श्रवण यादवले २–२ विकेट लिए ।
जवाफमा ९७ रनकोे सामान्य लक्ष्य पछ्याएको पूर्वाञ्चलले २५ ओभर खेल्दै सवै विकेट गुमाएर ८५ रनमा सिमित भयो । जसमा मुकुन्द यादव र यूनिल श्रेष्ठले १७–१७ रन अजय राजवंशीले १५ रनकोे योगदान दिए । म्यान अफ दि म्याच इसान क्षेत्रीले ह्याट्रिक सहिते ३ विकेट तथा कुन्दन यादव र सुविज्ञय पाण्डे ३–३ विकेट लिए ।
लायन्स क्लव अफ विराटनगर योङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा आइतबारदेखि सेमीफाइनल खेलहरु हुने छ । पहिलो सेमीफाइनल खेल होराइजन क्रिकेट क्लब र विनायक क्रिकेट क्लबविच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्