विराटनगरको जेसी बाल स्कुलले ४५ औं बार्षिक उत्सव मनायो

विराटनगरको जेसी बाल स्कुलले ४५ औं बार्षिक उत्सव मनायो

विराटनगर, ३ फागुन । विराटनगर १३ मा रहेको जेसीबाल स्कुलले आफ्नो ४५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । वि.स. २०३० सालमा स्थपाना भएको स्कुलले बिहिबार स्कुल प्राङगणमा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो ।

अभिभावक दिवसमा स्कुलमा अध्ययनरत एल.के.जीदेखि कक्षा ९ सम्मका विद्याथीहरुले एकल तथा सामुहिक नृत्य, गीत, क्याटवक, एरोविक जस्ता कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी विराटनगरका मेयर भीम पराजुलीले प्रदेशमै पहिलो महिला प्रिन्सपल भएको बिद्यालय भएको भन्दै बिद्यालयको प्रशंसा गरे । बिद्यालयले विद्यार्थीहरुलाई पढाईका अतिरिक्त क्रियाकलापमा पनि संग्लन गराउदै लैजान आग्रह गरे ।
कार्यक्रममा विद्यार्थीहरुलाई अभिभावक संघका देवी पन्थी, अभिभावक बद्री न्यौपानेले स्कुलले गरेको प्रगतिबारे शुभकामना मन्त्यव्य राखेका थिए । बिद्यालयकी प्रिन्सीपल सुनिता भट्टराईले स्कुललाई बिद्यालय सफल हुनुमा सम्पुर्ण टिम, विद्यार्थी तथा अभिभावको ठूलो भुमिका रहेको बताईन् । आगामी दिनमा बिद्यालयलाई सुधार्दै लैजाने र प्लस टु संचालनको लागि पनि दिर्घकालिन योजना रहेको प्रिन्सीपल भट्टराईले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्