डा. सुनिल शर्माले १ हजार बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउने

डा. सुनिल शर्माले १ हजार बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउने

विराटनगर, ३ फागुन ।  नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा.सुनिल शर्माले एक हजार बिद्यार्थीलाई चिकित्सा शिक्षा निःशुल्क पढाउने घोषणा गरेका छन् । ३ सय भन्दा बढी विद्यार्थीलाई ‘स्तरीय र महंगो’ चिकित्सा शिक्षा निःशुल्क पढाईसकेका डा.शर्माले जम्मा एक हजार विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने उद्घोष गरेका हुन् ।

मोरङको भाउन्नेमा आयोजित नेपाल दलित संघको ३ नम्बर क्षेत्रीय अधिवेशनलाई संबोधन गर्दै डा.शर्माले भने ‘नोबेलमा हामीले गरिव, विपन्न, दलित र पिछडाबर्गका विद्यार्थीहरुलाई छनौट गरी निःशुल्क पढाउदै आएका छौ । अहिलेसम्म ३ सय भन्दा बढी बिद्यार्थीलाई पढाईसक्यौ ।

जम्मा एक हजार बिद्यार्थीलाई निःशुल्क पढाउछौ ।’ आगामी शैक्षिक सत्रमा ६२ जना बिद्यार्थीलाई निःशुल्क पढाउने जानकारी दिँदै डा.शर्माले आफुले सकेसम्म यो क्रमलाई जारी राख्ने बताए ।

गरिव, बिपन्न तथा पिछडा बर्गका बिद्यार्थीलाई प्राथमिकतामा राखेर निःशुल्क अध्ययनका लागि छनौट गरिने भएपनि बिद्यार्थी छान्ने क्रममा पार्टी अथवा कुनै क्षेत्र बिशेष नहेरिने डा.शर्माको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्