प्रदेशको नाम “विराट प्रदेश” राख्न राजवंशी समाज उत्थान समाजको माग

प्रदेशको नाम “विराट प्रदेश” राख्न राजवंशी समाज उत्थान समाजको माग

बिराटनगर, ३ फागुन । प्रदेश नम्बर एकलाई “विराट प्रदेश” घोषणा राख्नु पर्ने भन्दै राजवंशी समाज उत्थान समिति (विराट) ले विराटनगरमा १२ औं वृहत भेला गर्ने भएको छ ।

राजवंशी समाज उत्थान समिति (विराट) ले शुक्रबार पत्रकार सम्मेलन गरी विराटनगरमा वृहत भेला गर्नुका साथै मोटरसाईकल ¥याली निकाल्ने जनाएको हो ।
विराट राजवंशी आदिकालदेखि यहाँको प्राकृतिक स्रोतलाई जोगाउदै आइरहेको भएपनि यसको कुनै मान्यता नपाइएको राजवंशी समाज उत्थानका सभापति भुवनेश्वर मण्डल राजवशीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
विराट राजवंशी अरु जाती भन्दा अलग जाती भएकोले मौलिक हक र अधिकारलाई सुनिस्चित गर्नुपर्ने बताए । उनले विराटनगर राजवशी समाजले फागुन ४ गते विराटनगरमा मोटरसाईकल ¥याली र ६ गते विरेन्द्र सभागृहमा १२औं वृहत भेला गर्ने भएको छ । साथै राजवशी समाज उत्थान समाजले ७ वुदे माग समेत राखेको छ ।
समाजले विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानमा सुचिकृत गर्नुपर्ने, प्रदेश एकलाई “विराट प्रदेश” घोषणा गर्नुपर्ने , बिराटनगरलाई प्रदेशको स्थायी राजधानी कायम गर्नुपर्ने , राज्यको हरेक अगंमा विराट राजवंशीको स्थान सुनिस्चित गर लगायतका मागहरु राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्