बाँदर समाउन भारतबाट आएका शिकारीलाई खाेटाङमा स्वागत

बाँदर समाउन भारतबाट आएका शिकारीलाई खाेटाङमा स्वागत

खोटाङ, ४ फागुन ।  बाँदर समाउनका लागि भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवर शिकारीलाई खोटाङमा स्वागत गरिएको छ ।  अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेको बाँदरलाई समात्नका लागि भारतको खुसीनगरबाट आएका ९ जना पेशेवर शिकारीलाई शुक्रबार दिक्तेलमा स्वागत गरिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

किसानको खेतबारीको अन्नबाली सखाप पार्ने बाँदरलाई खोर तथा जालका मदतले समाएर निकुञ्जमा पुर्‍याउनका लागि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा भारतीय शिकारीलाई दिक्तेलमा बोलाइएको हो ।

बाँदर समात्नका लागि गत माघ २१ गते दिक्तेल आइपुगेका दुई जना शिकारीले आफ्नो थप ७ जनाको टोली शुक्रबार ल्याएका हुन् । दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि नगरपालिकाकै १० लाख रुपैयाँको खर्चमा शिकारीलाई जिल्ला भित्र्याइएको अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्