भारततर्फ सुपरी तस्करी गर्ने चार जना महिला विराटनगरबाट पक्राउ

भारततर्फ सुपरी तस्करी  गर्ने चार जना महिला विराटनगरबाट पक्राउ

विराटनगर, ४ फागुन ।  नेपालबाट भारततर्फ सुपरी तस्करी गर्दै गर्दा   चार जना महिला विराटनगरबाट पक्राउ परेका छन्।  भन्सार छली गरेर सुपारी लैजाँदै गरेको अवस्थामा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीय रसिदा खातुन र २७ वर्षीया जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

पक्राउ परेकाको साथबाट प्रहरीले १५ किलो सुपारी बरामद गरेको छ। श्रेष्ठले पक्राउ परेका सबै महिला सुपारी तस्करी गर्ने भरिया भएको बताए। पक्राउ परेकालाई बरामद गरिएको सुपारीसहित कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्