विराटनगर विमानस्थलमा ठेकेदारको मनपरी, पार्किङको नाममा कानुन विपरित असुली

विराटनगर विमानस्थलमा ठेकेदारको मनपरी, पार्किङको नाममा कानुन विपरित असुली

विराटनगर , ४ फागुन ।
विराटनगर बिमानस्थलमा पछिल्लो समय बिमानस्थलका सेवाग्राही र पार्किङ ठेकेदारका कर्मचारी बिच विवाद हुँदै आएको छ । पछिल्लो समय नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगरले पार्किङ नयाँ ठेकेदारलाई स्वीकृत गरेपछि सर्बसाधारण माथि बढी रकम असुली हुँदै आएको पाईएको हो ।

अघिल्लो दिन माघ २९ गतेसम्म ५ रुपैयाँ पार्किङको तिर्दै आएका सर्बसाधारण तथा यात्रुहरुले भोलीपल्टै अर्थात फागुन १ गते देखि १० रुपैया देखि २० रुपैयाँतिर्नु पर्यो । सवारी पार्किङ शुल्कको नाममा मोटरसाईकल र स्कुटरको ५ रुपैयाँ मात्र लिन पाउने भएपनि ठेकेदारको मनपरीका कारण २० रुपैयाँ समेत लिँदै आएको सार्बजनिक भएको छ । त्यस्तै १० रुपैयाँ त रसिद नै काटेर लिँदै आएको सेवाग्राहीको आरोप छ ।
विराटनगरका ईश्वर रेग्मीले विमानस्थलमा पार्किङको नाममा मनपरी रकम असुली भएको बताए । उनले ५ रुपैया लिन पाउने ठाउँमा १० रुपैयाँ लिईएको आरोप लगाए । आम नागरिक ठगीमा परेकोले आफुले सुचना माग गरेको समेत जानकारी दिए । विराटनगर बिमानस्थलमा पार्किङ ठेक्का स्वीकृत भएपछि १ गते देखि मनपरी रकम असुली भएको हो ।
विमानस्थलले ३ बर्षको लागि ३६ लाखमा ठेक्का लगाएको कर्मचारी बताउँछन् । तर ठेकेदारका कर्मचारी भने ५–१० रुपैयाँ गुटखा खाएर जाने भएकोले पैसा तिर्नु पर्ने दवाव दिने गरेको सेवाग्राही बताउँछन् ।
ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको अत्री कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले ठेक्का लिएको छ ।
नागरिक उड्ययन प्राधिकरणले आब्हान गरेको बोलपत्रमा ५ रुपैयाँ उल्लेख गरेपनि नियम भन्दा बाहिर गएर बढी रकम लिएको सवाग्राहीको आरोप छ ।
यसबारेमा बिराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाले विमानस्थल नयाँ ठेक्का फागुन १ गतेदेखि लागु भएको जानकारी दिए । उनले ३ बर्षको लागि बार्षिक १२ लाखका दरले ३६ लाखमा ठेक्का लगाईएको जानकारी दिए । सिटौलाका अनुसार मोटर साईकलको दुई घण्टा पार्किङ गरेको ५ रुपैयाँ भन्दा बढी लिन नपाउने त्यो भन्दा बढी समय पार्किङ गरे बढी कानुन विमानस्थल दस्तुर नियमावली अनुसार बढ्ने जानकारी दिए । यदी विमानस्थल दस्तुर नियमावली भन्दा बाहिर गएर बढी रकम असुल गरेको पाईए ठेकेदार माथि कार्वाही तथा ठेक्का नै बदर हुनसक्ने बताए । प्रमुख सिटौलाले प्रमाण सहित कसैले उजुरी दिएको खण्डमा आफु कार्वाही गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

https://www.facebook.com/ekloyubak/videos/pcb.1129146207264191/1129142960597849/?type=3&theater

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्