धरानमा जारी बुढासुब्बा गोल्डकपको उपाधि भिडन्त आज, बिजेताले आठ लाख पाउने

धरानमा जारी बुढासुब्बा गोल्डकपको उपाधि भिडन्त आज, बिजेताले आठ लाख  पाउने

धरान । धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार हुन लागेको उपाधि भिडन्तमा आयोजक धरान फुटबल क्लब र क्यामरुनको डाफिन्स फुटबल फेमिली भिड्दै छन् ।

खेल दिउँसो ३ बजे धरानस्थित प्रादेशिक रंगशालामा हुँदैछ । शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा विजयी भएको क्यामरुनी क्लब र बिहीबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई पराजित गर्दै धरान फुटबल क्लब फाइनलमा पुगेका हुन् । उपाधि बिजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्