सभामुख महराले भने, ‘वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको छ’

सभामुख   महराले भने, ‘वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको छ’

विराटनगर, ४ फागुन ।   सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताएका छन्। विराटनगरमा विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान सरकारका केही कमीकमजोरी रहे पनि सही गणतव्यमा अघि बढेको बताए।

उनले सरकारले अप्ठयारा र चुनौतीहरूलाई सामना गर्दै अघि बढिरहेको बताउँदै गणतव्यसम्म पुग्न अझ केही समय लाग्ने विचार व्यक्त गरे। सभामुख महराले संघ र प्रदेशका लागि आवश्यक तथा संविधानसँग बाझिएका १६५ वटा कानुनहरू प्रतिनिधिसभाबाट पास भइसकेको बताउँदै अति आवश्यक थप कानुनहरू आउँदो केही दिनमा नै पास हुने विश्वास व्यक्त गरे। सभामुख महराले आउँदो दुई महिनापछि शुरु हुने नयाँ अधिवेशन बजेटको अधिवेशन हुने बताउँदै सरकारले विगतका नीति तथा कार्यक्रमहरूको समीक्षा गरेर अग्रगामी तथा संघीयता कार्यान्वयको उद्देश्यमा आधारित रहेर नीति तथा कार्यक्रम र बजेट ल्याउँदा राम्रो हुने सुझावसमेत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्