माेरङ जिल्ला अस्पताल रंगेलीको विजोग, चार करोडको लगानी बालुवामा पानी

माेरङ जिल्ला अस्पताल रंगेलीको विजोग, चार करोडको लगानी बालुवामा पानी

रबिन्द्र बराल
रंगेली, ४ फागुन ।
मोरङको रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडको लागतमा निर्माण पुरा भएको हो । तर निर्माण पुरा भएको दुई बर्ष बित्न नपाउँदै सरसफाईमा ध्यान नदिँदा दुर्गन्धित हुन थालेको छ । दुई तलेपक्की भवन ३२ कोठाको निर्माण भएको छ ।

बिगत ३ महिना देखि शौचालयको सेप्टिट्याङ्कि समयमै सर सफाइ नहुदाँ डाक्टर तथा बिरामीहरुले दुर्घन्धमै वसेर उपचार गराउन बाध्य रहेका छन । दैनिक दर्जनौ बिमारीले प्रयोग गर्ने शौचालय भरिएको कारण बाहिरी वातावरण नै प्रदुषित छ । नेपाल सरकारले साउन महिना देखि अस्पताल ब्यवस्थापन समिति खारेज गरेपछि हालसम्म अस्पताल व्यवस्थापन समिति निर्माण नहुदाँ अस्पतालमा हुने बिकास निर्माण देखि नियमित काम अलपत्र परेको छ ।
सामान्य सरसफाईमा समेत कर्मचारीले चासो दिएका छैनन् । शौचालयको सेप्टिट्याङ्कीको सरसफाइ नहुदाँ दैनिकी उपचार गराउन आउने बिरामीहरु दुर्घन्ध मै उपचार गराउन बाध्य रहेका छन । अस्पतालका सुचना अधिकृत गोविन्द कटुवालले ९ महिना देखि अस्पतालमा बिकास समिति नहुनु र नेपाल सरकारले समयमै समिति गठन नगरेका समस्या भएको बताए ।
जिल्ला अस्पताल रंगेलीमा अधिकांश अति विपन्न परिवारका ब्यक्ति आउने ठाउँ हो । सरकारी अस्पताल भन्ने बितिकै सम्पन्न घरपरिवार निजी अस्पतालमा उपचार गराउन जाने भएकोले अति बिपन्नको लागि मात्र सरकारी अस्पताल देखिएको छ । तर आएकाले पनि सरसफाई सहितको सेवा पाउन सकेका छैनन् ।
अस्पतालका अधिकृत कटुवालको कुरालाई अधार मान्ने हो भने पनि एउटा चर्पीको सरसफाईमा पनि विकास समिति नहुँदा कामै हुन नसक्ने जवाफ दिनुले अस्पतालको अबस्था के होला भनेर सहजैअ अनुमान लगाउन सकिन्छ ।
रंगेली जिल्ला अअस्पतालमा दैनिकी सय बढी गरिव तथा अति विपन्न परिवार उपचारको लागि आउने गरेका छन् ।
रंगेली नगरपालिमा सुनवर्सि नगरपालिका , धनपालथान गाउँ पालिका, कानेपोखरी नगरपालिका सर्बसाधारण मात्र हैन भारतकोे कुर्साकट्टा, कुवाडि, तथा सिमावर्ति क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण उपचारको लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्