बिराटनगरको मेरिल्याण्ड कलेजको १६ औ बार्षिकोत्सव सम्पन्न

बिराटनगरको मेरिल्याण्ड कलेजको १६ औ बार्षिकोत्सव सम्पन्न

बिराटनगर फाल्गुन ४ ,

विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो १६ औ बार्षिकत्सव मनाएको छ । कार्यक्रममा बर्षभरी भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सिल्ड, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा यस बर्ष मेरिल्याण्डलाई कक्षा ११ मा ३.९२ जी.पी.ए. ल्याई कलेजलाई व्यवस्थापन तर्फको रिजल्टमा नेपाल प्रथम बनाउन सफल विद्यार्थी पुजा कुमारी साह र निशा पोखरेललाई वि.वि.एस.मा पूर्ण क्षात्रवृति प्रदान गर्ने घोषणाका साथै विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माले मेरिल्याण्डले शिक्षा क्षेत्रमा गरेको योगदानको खुलेर प्रशंशा गर्नु भएको थियो ।

यस्तै प्रमुख अतिथी स्नातकोत्तर क्याम्पस विराटनगरका क्याम्पस प्रमुख महेश खत्रीले विराटनगर अब शिक्षाको हब भएको  बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्