विराटनगरको गौतम बुद्ध स्कूलले मनायो ३८ औं वार्षिक उत्सव

विराटनगरको गौतम बुद्ध स्कूलले मनायो ३८ औं वार्षिक उत्सव

विराटनगर, ४ फागुन । विराटनगर– १६ स्थित गौतम बुद्ध मेमोरिय सेकेण्डरी स्कूलले ३८ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ ।

स्थापना दिवसमा स्कूलले विज्ञान प्रर्दशनीको साथै ‘फन फिस्टा’ समेत गरेको थियो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्कूलले आफ्नो स्थापना दिवसको अवसर पारेर विगत २५ वर्षदेखी गौतम बुद्धमा अध्यापन गराउँदै आएका सात जना शिक्षकहरूलाई विशेष सम्मान गरेको छ ।
स्कुलका शिक्षिका मार्साङ लामा तामाङ्ग, तारा प्रधान, शिक्षक अर्जुन कुमार मल्ल ठकुरी, निर्मल राई, नरेश सिंह, पुष्पराज शाक्यलाइ स्कूलले सम्मान गरेको हो । विद्यालयको शैक्षिक विकासमा उल्लेखनिय योगदान पु¥याएको भन्दै शिक्षकहरूलाई कदर पत्र र दोसल्ला ओढाएर स्कूलका प्रिन्सिपल केशवलाल सिंह सुवाल र भाइस प्रिन्सिपल निकिता ताम्राकार सुवालले सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल सुवालले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न बिद्यालय अब्बल रहेको बताए । ‘स्थापना कालदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिदै आएका छौं,’ स्कूलका प्रिन्सिपल सुवालले भने, ‘हामीले हाम्रो विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा दिँदै आएका छौं ।’
कार्यक्रममा निजी तथा अर्गनाइजेसन (प्याब्स्न) मोरङको सह–सचिब विष्णुं डंगोल, अभिभाव संघ १ नम्बर प्रदेशका अध्यक्ष देवी पन्थीलगायले बिद्यालयले पुर्याएको योगदानको बारेमा बोलेका थिए ।
सोही अवसरमा कक्षा एक देखि कक्षा दशसम्मका विद्यार्थीहरूले साँस्कृति झल्किने पहिरन लगाएर नृत्य प्रस्तुत गरेका थिए भने ८, ९ र १० का विद्यार्थीहरूका विज्ञान प्रदर्शन गरे । विद्यार्थीहरू आफैले बनाएको विज्ञानसँग सम्बन्धित उपकरणहरू प्रर्दशनमा राखेको स्कूलले जनाएको छ । विज्ञान प्रर्दशनमा आधा दर्जन स्टलहरू रहेको थियो । त्यस्तै प्याब्सन मोरङले आयोजना गरेकोे विभिन्न खेलकुद प्रतियोगितामा विजेता हुने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्