भन्सार छलेर ल्याएको २८ थान मोबाइल काँकडभिट्टाबाट बरामद

भन्सार छलेर ल्याएको २८ थान मोबाइल  काँकडभिट्टाबाट बरामद

बिर्तामोड, ४ फागुन ।  भन्सार छलेर ल्याएको २८ थान मोबाइल प्रहरीले झापाको काँकडभिट्टाबाट बरामद गरेको छ। सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले २८ थान मोबाइल सेट बरामद गरेका हुन्। मेची नगरपालिका–६ को बसपार्क क्षेत्रबाट करिब ४ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २८ थान मोबाइल बरामद गरिएको हो।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको मोबाइल सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको टोलीले बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता अजय छतकुलीले जानकारी दिए। बरामद मोबाइल आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्